galaxy samsung mobile

२१ चैत्र । विश्वको चर्चित मोबाइल कम्पनि सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी जे थ्री सार्वजनिक गरेको छ । यो फोन विशेष गरेर मोटरसाइकल चलाउनेलाई लक्षित गरि बनाइएको छ । यो भन्दा अगाडी कुनै पनि मोबाइल मोटरसाइलक चालकको लागि मात्र डिजाइन गरि बनाइएको छैन ।

यो मोबाइलमा स्वचालित फोन उठाउन मिल्ने सिस्टम बनाइएको छ जसले मोटरसाइकल चालक अहिले ड्राइभिङ गर्दै छ भन्ने कुरा जानकारी दिन्छ ।यदि आएको फोन एकदम जरुरी हो भने मात्र चालककोमा फोन जान्छ । ५ इन्चको सुपर एमोलेड स्क्रीन, १.५ गीगाहर्जको प्रोेसेसर, १.५ जीबी रयाम, ५ एमपीको सेल्फी क्यामरा राखिएको छ । यो मोवाइलको मुल्य नेपाली करीब १५ हजार पर्न जान्छ ।

तपाईको प्रतिक्रिया