गौशाला, १ कात्तिक / सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग नयाँ वार्ता गर्नु अगाडि अन्तरिम संविधानमा गरिएको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

महोत्तरीको मुख्य भन्सार नाका भिट्ठामोडमा जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको धर्नालाई आज सम्बोधन गर्दै नेता यादवले त्यसपछि वार्तामा गएर संविधान परिवर्तन र सीमाङ्कन हेरफेर जस्ता कुरा गरिएपछि मात्रै मधेस आन्दोलन समाप्त हुने बताउनुभयो ।

उहाँले भन्नुभयो–“हामीले मोर्चा निर्माण गर्नुअघि नै संसद् र सडक दुवै स्थानबाट विरोधका कार्यक्रम गर्ने बताएकाले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएका हौँ ।”पुर्वेलि न्युजबाट

तपाईको प्रतिक्रिया