नरेन्द्र बस्नेत, मोरङ, चैत २२ (फाइल फोटो) । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गरे सँगै भारतबाट ग्याँस आयात नहुँदा पुर्वमा खना पकाउने (एलपी) ग्याँसको चरम अभाब देखा पर्न थालेको छ ।भारतले गरेको अघोषित नाकाबन्दी सँगै अभाव भएको पेट्रोलीयम पदार्थ सहित खाना पकाउने एलपी ग्याँस नाकाबन्दी खुलेको महिनौ पछि पुन अभाव हुन थालेको छ ।

ग्याँस अभाव हुन थालेपछि विद्यार्थीहरु सवैभन्दा वढि मारमा परेका छन । पटक पटक हुँदै आएको ग्याँस अभावले महिनौ देखि सताईरहेको छ । ग्याँसको मारमा स्थानीय ब्यापारीहरु समेतपर्न थालेका छन । अत्याबश्यक बस्तुका रुपमा रहेको ग्याँसको अभावले क्याम्पस पढ्ने विद्यार्थी देखि एसएलसी दिने बिद्यार्थी वढी समस्यामा परेका छन । ग्याँस अभाव देखिए सँगै जंगलमा दाउरा खोज्नेको भिड समेत बढन थालेको छ ।

प्रधानमन्त्री ओलीले चिनको भ्रमण गरे सँगै खाना पकाउने ग्याँस भारत वाट नआएको स्थानीय ब्यापारीको भनाई रहेको छ । खाना पकाउने ग्याँस अभावले घरको काममा समेत ढिलो हुने गरेको छ । खाना पकाउने ग्याँस अभावले विद्यार्थीहरुलाई समेत समयमा नै विद्यालय पठाउन नसकिने गरेको गृहणीहरु बताउँछन ।खाना पकाउने ग्याँसको अभावमा ब्यापार ब्यावसायमा समेत असर हुने गरेको स्थानिय ब्यापारीले वताएका छन । खाना पकाउने समयमा महिलाहरुलाई समस्या हुने गरेको छ । ग्याँसको अभाव सँगै कालोबजारी समेत बढेको छ । जिम्मेवार निकाय मौन बस्दा ग्याँस उपभोत्ता समेत ठगिने गरेका छन । आधा सिलिन्डर ब्यापारीले भनेकै भरमा बिश्वास गरेर प्रयोग गर्न उपभोत्ताहरु वाध्य वनेका छन । बजारमा ग्याँस सगै दैनिक उपभोग्य सामग्रीको समेत मुल्य वढेको छ

तपाईको प्रतिक्रिया