nepal-rastra-bank_

२४ चैत्र, काठमाडौं। पनामा लिक प्रकरणमा नाम रहेका नेपालीहरुको खाताबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । पानामाको ‘मोसाक फोन्सेकाु बाट सार्वजनिक नामहरूको नेपालमा रहेको खाताबारे अध्ययन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । सार्वजनिक भएका व्यक्तिहरूको नेपालमा समेत व्यवसाय हुनसक्ने भन्दै राष्ट्र बैंकले मातहतका संस्थाहरुलाई मौखिक निर्देश दिएको अन्नपूर्ण पोष्टले राष्ट्र बै.कको उच्च स्रोत उद्दृत गरी समाचार प्रकाशित गरेको छ ।

‘सार्वजनिक भएका नाममा नेपालसँग जोडिएर व्यवसाय भएको हाम्रो अनुमान छ । बैंकिङ कारोबारसँग जोडिने भएको हुँदा हामीले बैंक तथा वित्तीय संस्थालाई संवेदनशील भएर हेर्न भनेका छौुं, राष्ट्र बैंक स्रोतले भन्यो । सार्वजनिक भएका नामहरू तथा तिनको कम्पनीको कुनै कारोबार नेपालमा हुनसक्ने भएकाले कारोबार गर्दा सजगता अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । अफसोर देशहरूबाट पछिल्लो समय नेपालमा आउने विदेशी लगानी बढेको छ । ‘खासगरी करछली गरेर विदेश पैसा पुर्याउने र त्यहाँबाट विदेशी लगानीको रूपमा नेपाल भित्र्याउने क्रम बढेको देखिन्छु, ती अधिकारीले भने ।

सूचिमा १३ जना नेपालीहरुको नाम देखिन्छ । यसबारेमा के अनुसन्धान गरिँदैछ भन्ने बारेमा भने अहिलेसम्म कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन । आइसिआइजेको वेभसाईटमा सूचिमा रहेका १३ नेपालीहरुको सबै विवरण राखिएको छ ।

इन्टरनेशनल कोलिएसन अफ इन्भेष्टिगेटिभ जर्नालिज्मका अनुसार नेपालबाट १३ जना यो सूचिमा परेका छन् । यस अन्तर्गत बिजेन्द्र जोशी, बिजेश कुमार टोडी अग्रवाल, बिमल काजी ताम्राकार, बिनु श्रेष्ठ, विश्ववरसिंह थापा, विश्वधर तुलाधर, डा. श्याम बहादुर कर्माचार्य, हरिश कुमा टोडी, प्रोफेसर शतेन्द्र कुमार गुप्ता, राजेन्द्र कुमार काब्रा, रेनुका प्रधान, रेखा काब्रा र शशी कान्त अग्रवाललाई अफशोर कम्पनीहरुका ‘अफिसर एण्ड माष्टर क्लाइन्ट” का रुपमा सूचिकृत गरिएको छ ।एभरेष्टदैनिकबाट

panama-nepali-list

तपाईको प्रतिक्रिया