nepal-police२५ चैत्र, इटहरी । २०६३ साल बैशाख १८ गते सुनसरी साविक हाँसपोसा गा.वि.स.वार्ड नं.४ स्थित बरमपुर सामुदायिक वन जंगलमा, साविक हाँसपोसा ४ कै पदम प्रसाद भण्डारीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेर फरार भएका भक्तबहादुर कार्की ८२ वर्षको उमेरमा मंगलवार पक्राउ परेका छन ।

पुरानो अपराधि खोज्ने अभियान अन्तरगत कार्कीलाई प्रहरीले घरवाटै पक्राउ गरेको हो । फरार अपराधि खोज्ने अभियान अन्तरगत इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी ओम प्रसाद अधिकारीले लुकेर वसीरहेको अवस्थामा फरार अपराधिहरु लगभग डेड दर्जनलाई पक्राउ गरेको वताए । फरार अपराधिहरु खोज्ने अभियानमा उनीहरुलाई पक्राउ गरेको अधिकारीले वताए ।

अहिले पनि हामी अपराधिहरु खोज्ने कार्यमा सक्रिय भईरहेको छौ अधिकारीले भने लामो समय देखि काठमाण्डौमा लुकेर वसेका ८२ वर्षिय कार्कीलाई गरेको वताए । पछिल्लो समयमा फरार अपराधि पक्राउ अभियानलाई चलायमान वनाए सँगै पुरानो अपराधिहरु पनि धमाधम पक्राउ पर्ने थालेका छन ।

विभिन्न मुद्धामा चेल सजाय तोकिएका तथा प्रहरीको खोजीको सुचिमा रहेका अपराधिहरुलाई अभियान नै वनाएर खोज्न थाले पछि परानो अपराधिहरु पनि पक्राउ पर्ने थालेका हुन । अपराधिहरु पक्राउ परीरहे पनि पूर्वमा अझै करीव साडे १७ हजार अपराधिहरु प्रहरीको आँखा छलेर भागीरहेका भन्दै उनीहरुको तिन पुस्ते डाटा खोज्न थालीएको पूर्व क्षेत्रीय कार्यलय विराटनगरले जनाएको छ ।

सुनसरीमा करीब ३६ सय अपराधि फरार रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले आफ्नो मातहतमा भएको ६ वटा इलाका प्रहरी कार्यलयहरुलाई फरारहरुलाई पक्राउ गर्ने उर्दि जारी गरेको वताए । मुद्धा चलाउँने कार्यलयहरुले पुरानो अपराधि खोज्दै छ एसपी पोखरेलले भने ।

विषै वर्ष पुराना अपराधिहरु खोज्न गाहे भएको कारण पुराना अपराधिहरुको तिन पुुस्ते डाटा खोज्ने अभियान पनि थालेको एसपी पोखरेलको  भनाई थियो । पूर्व क्षेत्रीय प्रहरी कार्यलयका प्रमुख डिआईजी केशरीराज घिमिरेले पुरानो अपराधिहरुको नाम धेरै सँग जुजेको कारण  अपराधिहरु खोज्न तिन पुस्ते डाटा खोज्ने कार्य सुरु गरेको वताए ।

नाम पनि परीर्वतन गर्ने सक्ने भएको कारण हामीले यो अभियान चलाएका हुँ डिआईजी घिमिरेले भने । आफ्नो कार्यलकाल फरार अभियुक्त पक्राउ अभियानलाई विशेष प्रथामिकता दिएको सुनाए । मैले पुराना अपराधि पक्राउ गर्ने छुटै युनिट गठन गरेको छु त्यो युनिटले फरार  अपराधिहरुलाई धुईधुई खोज्दै छ डिआईजी घिमिरेले भने ।

पूर्वको सिराह,सप्तरी,सुनसरी र झापामा फरार अपराधिको संख्या धेरै रहेको पूर्व क्षेत्रको तथ्याकमा छ । सिराहमा करीब ४ हजार ३ सय ६६ ,सप्तरीमा ४ हजार ६ सय ८०,सुनसरीमा करीव ६ हजार,र झापामा करीब २ हजार ९ सय ८५ हजार फरार अपराधि रहेको क्षेत्रीय कार्यलयले जनाएको छ ।

त्यस्तै उदयपुरमा ७ सय,पाँचथरमा ४ सय,मोरगंमा साडे ३ सय ,सोलुमा १ सय ,खोटाङमा अडाई सय फरार अपराधिहरु अझैफरार रहेको पूर्वाअञ्चल क्षेत्रीय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।  फरार अभियुक्त समाए वापत असुल हुने जरीवानाको २५ प्रतिशत पुरस्कार ब्यावस्था गरीदै आएको छ ।

तपाईको प्रतिक्रिया