Bulb-Bijuli electricity२५ चैत्र, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले अघोषितरुपमा लोडसेडिङ घटाएको छ ।नदीहरुमा पानीको बहाबमा वृद्धि हुनुका साथै विद्युत उत्पादन साविककोभन्दा बढी हुन थालेपछि प्राधिकरणले दैनिक ३ घण्टासम्म अघोषितरुपमा लोडसेडिङ घटाएको जनाएको छ ।

यद्यपी तालिकामा भने हेरफेर गरिएको छैन । पूर्वनिर्धारित तालिकाकै अनुसार केही समयअघि बत्ति आउने तथा केही समयपछिसम्म बत्ति नजाने प्राधिकरणले जनाएको छ ।दुई हप्ताअघि एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले दिनमा एक घण्टा लोडसेडिङ घटाएको थियो । पछिल्लो समय सातामा ७७ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया