buddha_air plane

२६ चैत्र, बिराटनगर । झापाको भद्रपुरबाट शुक्रबार दिउँसो झापाबाट ७२ यात्रु लिएर काठमाडौं उडने क्रममा विमानमा खराबी देखिएपछि बिराटनगरमा आकस्मिक अवतरण गरिएको थियो ।विमानको इन्डिकेटरले  इञ्जिन बिग्रिएको संकेत दिएपछि आकस्मिक अवतरण गराइएको बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले बताए । करीव पौने १ बजेतिर जहाज आकस्मिक अवतरण गराइएको जोशीले जानकारी दिए ।

सो बुद्ध एयरको विमान बिराटनगर विमानस्थलमा मर्मत थालिएको छ ।चार जना प्राविधिकहरुको टोलीले बिराटनगर विमानस्थलमा मर्मत थालेका हुन् । विमानको वायाँतिरको पखेटाको इञ्जिनमा खराबी देखिएको प्राविधिकहरुले बताएका छन् ।मर्मतपछि विमान सुचारु हुने दाबी प्राविधिकहरुले गरेका छन् ।

 

तपाईको प्रतिक्रिया