इटहरी  भित्र शुनिल कुमार अग्रवाल कुनै नौलो नाम होइन । व्यवसायीक क्षेत्रमा होस् या सामाजीक क्षेत्रमा उनको नाम प्रमुख भएर आउने गरेको छ । आफुलाई एक सफल व्यवसायि मात्र नभएर समाजसेवीको रुपमा स्थापीत गर्न सफल यूवा व्यवसायी अग्रवाल उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष, नमसते एफ.एम. अध्यक्ष , नेपाल रेडक्रस सोसाइटी इटहरीको आजिवन सदस्य , लायन्स क्लब ,लगायत दर्जनौ सामाजीक संघ संस्थाहरुमा आवद्ध रहेका अग्रवालसंग पूर्वेली न्युज डटकमले गरेको संक्षिप्त कुराकानी :

sunil-copy

 आज भोली के मा व्यस्त हुनुहुन्छ ?

प्रमुख त आफ्नै व्यवसायमा नै व्यस्त रहने गरेको छु । वाँकी समय उद्योग वाणिज्य संग इटहरी अन्तरर्गत वाणिज्य विभागका कामहरु गर्देछु साथै समाजीक कार्यहरुमा समय दिइरहेको छु ।

बाल्यकालका केही अविश्मरणीय क्षणहरु ?

म धरानमा जन्मिएता पनि अध्ययान दुहबीमा रहेको हुदा बसाई दुहबीमा नै भएको थियो । बाल्यकालको कुरा के कस्ता हुन्छन त्यो सबै याद गरीएन तर बुवा जागिरे भइदिएको हुनाले पढाइमा कुनै समस्या भएन । जब एसएलसी सिध्याए तब आर्थिक समस्याले सताउन थाल्यो अनी मैले पनि बाल्यकाल देखिनै काम गर्नुपर्ने दिन आएको थियो त्यतीबेला महिनाको रु १५ सय सम्मको कमाइ हुन्थ्यो त्यसैले अली अली घर खर्च अनी आफनै पढाइमा पनि खर्च गर्थै । तर पनि हिम्मत भने हारीन निरन्तर संघर्ष चै गरीरहे ।

अनी कलेज पढ्दा कतीको प्रेम प्रस्ताव आउने गथ्यो ?

साच्चै भन्नुपर्दा म स्कुले जिवनमा धेरै समय पढाईमै व्यस्त रहे । म स्कुलको टप विद्यार्थी थिए । मैले कहील्यै पहीलो, दोस्रो छोडेर तेस्रो हुनु परेन । सायद त्यसैले होला मेरो अरुका लै लै मा हीड्ने र प्रेम गर्ने तिर मेरो ध्यान गएन । म त्यतीखेर क्रिकेटको औधी राम्रो खेलाडी थिए । तर श्रोत साधनको अभाबमा र देशमा क्रिकेटकोे क्रेज पनी नभएको कारणले गर्दा म क्रिकेटमा अगाडी वढ्न सकीन । अब कलेज लाइफको बारेमा कुरा गर्नुपर्दा पारीवारीक समस्या धेरै हुने गथ्र्यो आर्थीक अभावका कारण जागीर खादै पढ्नु पर्ने अवस्था भएकोले पनि होला मेरो प्रेम गर्ने तिर ध्यान नै गएन ।

विगतलाई सम्झनुपर्दा सबैभन्दा ठुलो दुखको क्षण कुन हो ?

वास्तवमा मैले जिवनमा भोगेको दुःख भन्नुपर्दा वि सं २०६५ सालमा सप्तकोसी कटान भएको समयमा हो । त्यतीवेला विश्वका आर्थीक मन्दीको दौरानमा फलाममा एक्कासी आएको मन्दिका कारण मैले मेरो व्यवसायमा अकल्पनीय नोक्सान खाए र त्यै नोक्सानले गर्दा दुई वर्ष डिप्रेशनमा गए । २०६५ सालमा मैले जुन नोक्सान खाए त्यो नोक्सान भन्दा पनी डिप्रशनमा जानु मेरो दुःखद अवस्था थियो । त्यो २ वर्षको अवधीमा म कुनै पनी क्रियाकलापमा सक्रीय वन्न सकीन । त्यसैले त्यस्तो अवस्था मेरो जिन्दगीका लागि एउटा नराम्रो क्षण मान्दछु र सधै भगवान संग प्राथाना पनि गर्ने गर्छु की फेरी पनि त्यस्तो दिन कहिल्यै नआओस ।

 त्यो अवस्था बाट तपाई कसरी छुटकारा पाउनुुभयो त ?

यो अवस्था बाट पार हुन मलाई धेरै कठीन पर्यो । पारीवारीक माया, ममता र साथी भाईहरुको प्रेरणा तथा हौसलाले गर्दौ पनि हो जस्तो लाग्छ । साथै जे हुन्छ राम्रैका लागी हुन्छ भन्ने सकरात्मक सोचको कारणले गर्दा पनी म त्यो अवस्था बाट बाहीर आए जस्तो लाग्छ ।

अहिले तपाई समाजीक कार्यहरुमा बढी सक्रियता देखिनुहुन्छ , सामाजिक कार्यमा संलग्न हुन पाउदा तपाइलाई कस्तो महसुस हुन्छ ?

जिवनमा मैले सोच्न पनि सकेको थिइन की म आज आएर यसरी समाजमा गनिन्छु र चिनिन्छु भनेर, मैले सामाजीक कार्यहरु जती गरे त्यो मेरो कर्तब्य र धर्म सम्झेर गरे । म यही समाजमा हुर्केको अनी म कसरी सामाजीक कार्यहरुमा सहभागिता नहुनु भन्ने आफैमा त्यस्तो फिल हुन्थ्यो । आज मात्र हैन म सामाजीक कार्यमा सधै नै लागि रहन्छु मेरो जिवनको उद्येश्य नै सामाजीक कार्यमा टेवा पूर्याउनु हो ।

अनी व्यवसायी बन्ने प्रेरणा चै कहाँबाट आयो नी ?

धरानमा काका हरुको फलामको व्यापार भएकाले, मैले फलामको ब्यवसाय गर्ने प्रेरणा उहाँहरुबाट नै पाए साथै मैले इटहरीमा विकासको सम्भाब्यता प्रवल देखेर म प्रेरीत भए र २०५० सालदेखी व्यवसाय सुरु गरे । सुरुमा त यस्तो लाग्थ्यो की व्यवसाय नगरेकै भए वेस हुन्थ्यो , जिवन संघर्ष हो भनेर यसैलाई निरन्तरता दिइ रहे ।

 व्यवसाय सुरु गर्दा तपाइ आजको यो अवस्थामा आउछु भनेर कहिल्यै सोच्नुभएको थियो ?

व्यवसाय गर्नु खासमा पेट पाल्नु मात्र हैन एउटा रोजगारीको वातावरण स्थापना गर्नु पनि हो । अहिले म मात्र वाँचेको छैन मेरो व्यवसायले थुप्रैको जिवीकोपार्जन गरीरहेको छ । व्यपार गर्दै जाँदा आज म यो अवस्थामा पूग्छु भनेर चै सोचेको पनि थिइन ।

समाजमा व्यवसायी र समाजसेवी दुवैको भुमिका निर्वाह गर्दे आउनु भएको छ । कुनै एउटाले चिनिनुपर्दा तपाई कुन रोज्नुहुन्छ ब्यवसायी या समाजसेवी ?

वास्तवमा भन्नुपर्दा मैले जुन वेला व्यवसाय गर्न सुरु गरे त्यो वेला देखी अहिले सम्म मेरो उद्येश्य कहील्यै पनी पैसा कमाउने रहेन । प्रन्ध्र्र सयको जागीर खादा म जस्तो थिए आज पनी म आफुलाई त्यस्तै साधरण व्यक्ती सम्झन्छु । मानवताको सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गरेर मैले आफ्नो व्यवसाय सामजिक र धार्मीक क्षेत्रमा सर्मपित गर्दै आईरहेको छु । अव यस मध्ये मैले कुनै दुइमा एक रोज्नु भन्दा पनि मलाई मेरो शुभचिन्तकहरुले जसरी सम्बोधन गर्नुहुन्छ म खुसी छु यो निर्णय गर्न म उहाहरुलाई नै दिन्छु ।

 तपाई उधोग वाणिज्य संघ इटहरीको वाणिज्य तर्फको उपाध्यक्ष पनि हुनुहुन्छ , तपाई यहाँ सम्म कसरी आइपूग्नु भयो ?

म उद्योगवाणिज्य संघमा आफ्नो व्यापार व्यवसाय स्थापना देखीनै साधारण सदस्य हुदै अहीले वाणिज्य उपाध्यक्ष सम्म आईपुगेको हु । मेरो शुभचिन्तकहरुले र उपमहानगरवासीहरुले मलाई रोज्नुभएको थियो होला सायद त्यसैले इटहरी उद्योग वाणिज्य संघमा मैले पाँच पटक निर्वाचनमा सहभागी जनाए पाचै पटक जिताइदिनुभयो ।

 अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अन्त्यमा के भन्न चाहन्छु भने हाम्रो देश प्रकृती र सम्पदाले भरीएको सुन्दर देश हो । हामी सवै नेपाली एक हौ । झिना मसीना कुराबाट नअल्झीकन अपार जलविधुत क्षमता , मनमोहक पर्यटकीय स्थलहरु र आधुनीक कृर्षीमा लगानी गरी यो देशलाई विश्वकै समृद्र देशहरुको सुचीमा खडा गर्न सवैलाई आफ्नो क्षेत्रमा सक्रीय भएर लाग्न आग्रह गर्दछु ।

@purbelinews.com

तपाईको प्रतिक्रिया