Grabbed Frame 13

अमर काफ्ले इनरुवा चैत्र २७/ सुनसरीको भोक्राहा ९ मा आज दिउंसो आगलागी हुँदा ५० घर जलेर नष्ट भएका छन् ।
स्थानीय सफरउद्यीन मन्सुरीको घरबाट सल्केको आगोले छिमेकीका ५० बढी घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
आगोको खरानी थुपारिएको स्थानबाट परालको टालीमा सल्केको आगो सफरउद्यीनको घर हुँदै हावाहुरी सँगै अन्यत्र फैलिन पुगेको थियो ।
तिव्र हावा चलेको बेला सुरु भएको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा आसपासका घर आगोको चपेटमा परेका थिए ।
आगलागीमा परी जलिल अन्सारी,अलाउद्यीन मन्सुरी,तकजुल मन्सुरी,सहिम अन्सारी,समिम अन्सारी,हकाज अन्सारी,खालिद सैदुल्ला, ज्याउद्यीन अन्सारी, आविद हुसेन लगायत २० परिवारको ५० घर जलेको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए । आगलागीका कारण डेढ करोड बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगो इनरुवा,इटहरी,धरान र विराटनगरबाट गएको वारुणयन्त्रको मद्यतमा ३ घण्टा पछि नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रमा स्थानीयका साथै जनपथ,ससस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए ।
आगलागीमा परी अन्नपात,गरगहना, चौपाया लगायतमा क्षति पुगेकाले क्षतिको विवरण बढ्न सक्ने सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया