madhesi-leader

२७ चैत्र । मधेस आन्दोलनको नयाँ चरण शुरु गर्ने विषयमा मधेसी दलहरु विच गम्भीर छलफल चलिरहेको छ । मधेसका केही नेताहरुले भारतीय नेताहरु संग पनि यो विषयमा विभिन्न स्तरमा छलफल चलाइ रहेका छन् ।भारतीय नेताहरुले गलत समयमा नाकावन्दी फिर्ता लिएको भनेर मधेसी नेताहरुले आफ्नो असन्तुष्टि पोखेको मधेसका एक नेताले नेपाल सन्देसलाई वताए ।

मधेस आन्दोलन नउठाए मधेसवादी दलहरुको राजनीति पनि सकिने तथा भारतको नेपालनीति पनि असफल हुने हुनाले नयाँ खालको मधेस आन्दोलनको रणनीति भारतले वनाएको समाचार श्रोतको दावी छ ।

भारतको नयाँ नेपाल नीति अनुसार मधेसका संसदमा प्रतिनिधित्व गर्ने दलहरुले नयाँ चरणको मधेस आन्दोलन शुरु गरोस् भन्ने भारत सरकार चाहन्छ । यस अन्तरगत सदरमुकामहरुमा सरकारी कार्यालयहरुमा धर्ना देखि सिंहदरवार घेराउ सम्मका कार्यक्रमहरु पहिलो चरणमा हुनेछन् ।दोश्रो चरणमा राजमार्ग वन्द र नाकावन्द सम्मका कार्यक्रमहरुका विषयमा पनि छलफल चल्दै गरेको वताइन्छ ।

भारत सरकारले तराई मधेसमा कार्यरत भूमिगत सशस्त्र समूहहरुलाई पनि विभिन्न तरिकावाट सहयोग गर्दै मधेसमा सशस्त्र गतिविधि गराउने योजना वनाउन थालेको पनि समाचार सूत्रको दावी छ । सम्भव भएमा श्रीलंकाको लिट्टेको जस्तो शक्तिशाली समूहहरु समेत पनि वनाउने भारतीय योजना भएको श्रोतको दावी छ ।

ओली सरकारलाई नगिराइकन आफ्नो नेपाल नीति सफल नहुने निष्कर्षमा भारतीय सत्तापक्ष पुगेकोले आगामी दिनमा शेर वहादुर देउवा, प्रचण्ड र कमल थापाको नयाँ समीकरण वनाउन प्रयास थालनी गरेको चर्चा पनि शुरु भएको छ ।नेपालमा चीनको प्रभाव विरुद्ध भारतले नेपाललाई अलग्याउन अन्तराष्ट्रिय मन्चहरुको प्रयोग लाई पनि तीब्रता दिइरहेको छ ।नेपालसंदेशबाट

तपाईको प्रतिक्रिया