२८ चैत्र, रविन्द्र कुमार साह, सप्तरी । जिल्ला परिषद्को उद्घाटन गर्ने विषयमा आन्दोलनरत मधेशी मोर्चा र विभिन्न दलबीच सहमति भएको छ । मधेशी मोर्चा सप्तरीले गरेको प्रस्तावमाथी विभिन्न दलहरुले सहमति जनाउँदै चैत २९ गते हुने २२ औं जिल्ला परिषद्को प्रमुख अतिथ्यको रुपमा जारि मधेश आन्दोलनका पहिलो सहिद सप्तरीको भारदह १ निवासी राजिव राउतकी धर्मपत्नी निलम देवी राउत हुने भएकी छिन् । सोही परिषद्मा मधेश आन्दोलनका शहिद रामकृष्ण राउत, बिरेन्द्र राम, नागेश्वर यादव, दिलिप साह, शिवशंकर दास, गुल्टेन दास र खुशिलाल यादव तथा जनआन्दोलनका शहिद दशन यादवका परिवारलाई विशेष अतिथि बनाई सम्मान गर्ने कार्यक्रम सर्वसम्मतिले पारित भएको मधेशी मोर्चा सप्तरीले जनाएको छ । मोर्चाका संयोजक गजेन्द्र कुमार मण्डलद्वारा शनिबार जारि विज्ञप्तिमा जारि मधेश आन्दोलन ३ का पहिलो शहिद राजिव राउतकी पत्नीलाई प्रमुख अतिथि बनाउने विषयमा नेकपा एमालेले बिरोध गर्दा गर्दै पनि अन्तत् बाँकी रहेका सम्पूर्ण दलले मोर्चाको प्रस्तावमाथी सहमति जनाएको उल्लेख छ । विज्ञप्तिमा प्रमुख अतिथि निलम देवी राउतलाई नै सर्वसम्मतिले सहमति जनाउने सम्पूर्ण दलहरुलाई मधेशी मोर्चा सप्तरीले धन्यवाद दिँदै परिषद् सफल बनाउन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह समेत गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अग्रजलाई सम्मान, युवालाई प्रोत्साहनः मीनकुमार नवोदित
विराटनगर । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकार मीनकुमार नवोदितले अध्यक्षमा दाबी गरेका छन । नवोदित नेपाल...
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...