२८ चैत्र, रविन्द्र साह, सप्तरी। सप्तरीको हनुमाननगर र को.मधेपुरा गाविसका अग्निपीडितलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ । क्लबका अध्यक्ष एवं समाजसेवी सूर्य नारायण यादवले त्यहाँका चार जना अग्निपीडित परिवारलाई सो राहत वितरण गर्नुभएको हो । जिल्लाको हनुमाननगर ३ का श्यामसुन्दर खत्वे, महेन्द्र खत्वे र को.मधेपुरा ९ की झमेरी यादव र अर्का एक बृद्धा महिलालाई राहत प्रदान गरिएको छ । समाजसेवि ई.सुर्य नारायण यादवको अध्यक्षतामा आयोजित सो राहत वितरण समारोहमा ईलाका प्रहरी कार्यालय हनुमाननगरका हवल्दार आमासु लाल राजवंशी, हनुमाननगरका वडा सचिव चन्दर मण्डल, प्राविधिक सहायक जगदिश यादव, सामाजिक परिचालक बिनोद मण्डल, निमावि इनरुवाका शिक्षक जगदेव मण्डल सहितकाहरुको उपस्थितिमा सो राहत वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया