२९ चैत्र, सप्तरी। सप्तरीको हरिहरपुर गाबिसमा शनिबार दिउँसो आगलागी हुँदा आठ परिवारको १७ घर पुर्ण रुपले जलेर नष्ट भएको छ । स्थानीय बिन्देश्वर चौधरीको गहुँ दाउनी गर्ने क्रममा थे्रसरबाट सल्केको आगोले चौपाया, अन्नपात, नगद र अन्य सामाग्री गरी कुल ४९ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको हो । दिउसो २ बजे लागेको आगोले बिन्देश्वर चौधरीको ५ घर, ३ वटा भैसी, २ वटा गाई, २ वटा गोरु र २ वटा खसी, बच्चा मालीको ३ वटा घर, नगद १ लाख, २ तोला सुन, पुर्ब विधायक असर्फी सदाको २ वटा घर, बिष्णुदेव चौधरीको ३ घर, भोला चौधरीको १ घर, झल्टी चौधरीको १ घर, शशी चौधरीको १ घर र बुदुर सदाको १ घर पुर्ण रुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राजबिराज र लहान नगरपालिकाबाट गएको बारुण यन्त्र, जिल्ला प्रहरी कार्यालय सप्तरी, प्रहरी चौकी पकरीका प्रहरी, सशस्त्र प्रहरी बेस क्याम्प सीतापुरका सशस्त्र प्रहरी र स्थानीय बासीको प्रयासमा बेलुकी ५ बजेतिर आगो नियन्त्रणमा लिईएको छ । आगलागीमा ४९ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्राम्भिक अनुमान छ । आगो नियन्त्रणमा लिने क्रममा बिन्देश्वर चौधरी र उनको २५ बर्षीय छोरा सुशिल चौधरी जलेर घाईते भएको प्रहरी चौकी पकरीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक रामकिशोर स्वर्णकारले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवामा ठाकुर समाजको प्रथम जिल्ला अधिवेशन
नेपाल ठाकुर समाज जिल्ला कार्य समिति सुनसरीको प्रथम जिल्ला अधिवेशन इनरुवामा हुन गईरहेको छ । नेपाल ठाकुर समाज जिल्ला कार्य...