maxresdefault

धनगढी, २ कात्तिक / देवीदेवताका नाममा पशुको बलि दिने प्रथा रोक्नुपर्ने माग गर्दै आज यहाँ अहिंसा पदयात्रा निकालिएको छ ।

‘निर्दोष प्राणीको बलि नदिऊँ, विकार र विकृतिको बलि दिऊ’ भन्ने नारासहित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीको आयोजनामा पदयात्रा निकालिएको हो । स्थानीय ट्राफिक चौराहाबाट सुरु भएको अहिंसा पदयात्रा बजारका विभिन्न भाग हुँदै पार्कमोडमा पुगेर समापन भएको थियो ।

पदयात्राका सहभागीले प्राणी हत्या महापाप हो, शाकाहारी भोजन खाऔँ, निरोगी बनौँ लगायत बलिप्रथाविरुद्ध लेखिएका चेतनमूलक प्लेकार्ड बोकेका थिए ।

देवी खुसी हुने जनविश्वासमा नेपाली समाजमा विभिन्न शक्तिपीठमा महाअष्टमीको दिन ठूलो सङ्ख्यामा राँगा र बोकाको बलि दिने प्रचलन रहेको छ । यसबाहेक देवीदेवतालाई भाकल गरेबापत पनि पशुको बलि दिने परम्परा रहेको छ ।

 

तपाईको प्रतिक्रिया