३० चैत्र, सप्तरी, रविन्द्र साह। सप्तरी प्रहरीले हतियारसहित एक कम्प्युटर ईन्जिनियरलाई मङ्गलवार पश्चिम नहर विष्णुपुर चौकबाट पक्राउ गरेको छ । भारतबाट राजविराज–सखडा सडक हुँदै अवैध हतियार भित्रिईरहेको भनी गोप्य सूचनाका आधारमा प्रहरीले ब्रहम्पुर गाविस वडा नम्वर–५ स्थायी घर भई हाल राजविराज–७ बस्दैआएका ईन्जिनियर विपिन कुमार झालाई पक्राउ गरेको हो । स ६ प १६९२ नम्वरको युनिकर्न मोटरसाइकल चढेर आउँदै गर्दा रोकेर चेकजाँच गर्दा २३ वर्षिय झाको साथबाट अटोमेटिक पेस्तोल एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हातहतियार खरखजाना मुद्दामा उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जनप्रतिनिधि र पत्रकारले नै लगाएनन् कोरोना खोप
सुनसरीमा कोरोना खोप लगाउने संचारकर्मी र जनप्रतिनिधिको संख्यामा कमी देखिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा खोप ल...
इनरुवा ट्राफिकको नमस्कार अभियान
इनरुवा ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी कार्यालय इनरुवाले सखुवागाछीबाट प्रे...
सुनसरीमा आम हड्तालको आशिंक प्रभाव
सुनसरीमा नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको आम हड्तालको आशिंक प्रभाव देखिएको छ । सडकमा चल्ने लामो दुरीका सवारी र ...
इनरुवाबाट अढाई क्विन्टल गाँजा बरामद
सुनसरीको इनरुवाबाट प्रहरीले अढाई क्विन्टल गाँजा बरामद गरेको छ । प्रहरीले इनरुवाको बलाखा नहर क्षेत्रबाट उक्त परिमाणको गाँ...
आफू विरूद्धकाे अविश्वासकाे प्रस्ताव सफल नहुने मुख्यमन्त्रीकाे ठोकुवा
नेपाल सरकारका उप प्रधानमंत्री इश्वर पोखरेलले प्रचण्डकै कारण संसद विघटनको अवस्था आइपरेको बताउनु भएको छ । उप प्रधानमंत्री ...
इनरुवामा ठाकुर समाजको प्रथम जिल्ला अधिवेशन
नेपाल ठाकुर समाज जिल्ला कार्य समिति सुनसरीको प्रथम जिल्ला अधिवेशन इनरुवामा हुन गईरहेको छ । नेपाल ठाकुर समाज जिल्ला कार्य...