upendra yadv laukahi mandir udghatan

०२ वैशाख, इनरुवा। संघिय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव हिजो बुधबारका दिन लौकहि ७ स्थित शिव पार्वती मन्दिरको उदघाटन गर्नुभएको छ।उक्त उदघाटन कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र यादव रहनुभएको जानकारी शिव पार्वती मन्दिर व्यवस्थापन समिति लौकहिका अध्यक्ष सत्यवान मण्डलले जानकारी दिनुभएको हो।

उक्त कार्यक्रममा यादवले मधेशी, दलित, महिला, आदिवासी, मुस्लिमको माग समबोधन भैनसकेको हुनाले अब हुने आन्दोलनमा सबै जनतालाई साथ दिन आग्रह गर्नुभएको हो।सोहि सन्दर्भमा यादवले हिमाल, पहाड र तराईमा सन्तुलित विकास गर्ने आफ्नो पार्टीको योजना रहेको धारणा व्यक्त गर्नुभएको हो।

उदघाटन पश्चात यादवले एउटा छुटै कार्यक्रममा करिब ६ जना कार्यकरता लाइ संघिय समाजवादी फोरम नेपालमा पर्टी प्रवेश गराए। सो कार्यक्रम लौकहि ४ स्थित सुनसरी मोडेल पब्लिक स्कुलमा भएको थियो, भने पार्टीका जिल्ला अध्यक्ष भगिरथ खत्वे लगायत अन्य कार्यकर्ताको उल्लेखनिय उपस्थिति थियो।

पार्टी प्रवेश कार्यक्रम पश्चात यादवले भोक्राहामा भएको आगलागीबाट पिडित २१ परिवारलाई प्रति परिवार १ बोरा चामल वितरण गर्नुका साथै कर्कट पाता तथा अन्य आर्थिक सहयोगको लागि जि. वि. स. सुनसरीमा पहल गर्ने आश्वासन व्यक्त गर्नु भयो।

तपाईको प्रतिक्रिया