ramdhuni-mndir

बैशाख २, इनरुवा ।रामनवमी अर्थात भोली रामधुनीमा लाग्ने धार्मिक मेलाको तयारी पुरा भएको छ ।सुनसरीको रामधुनी भाषी नगरपालिकामा पर्ने रामधुनी मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।हिन्दु धर्म ग्रन्थ रामायणका अनुसार पुरुषोत्तम भगवान श्रीरामको जन्म दिनको अवसर मानेर चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन रामनवमी पर्व मनाउने गरिन्छ ।रामनवमीका दिन रामधुनी मन्दिरमा विशेष धार्मिक मेला लाग्दै आएको छ ।

जंगल भित्र अवस्थित रामधुनी मन्दिरमा मेला भर्न पुग्ने सर्वसाधारणका सार्थ भक्तजनहरुका लागि सुरक्षा लगायतको सम्पूर्ण बन्दोवस्ती मिलाइएको रामधुनी मेला व्यवस्थापन समितिले जनाएको छ ।बाइट ः डिल्ली कार्की , अध्यक्ष रामधुनी वन संरक्षण समिति सुनसरी मेला भर्न रामधुनीमा सुनसरी सहित आसपासका जिल्लाका साथै छिमेकी भारतका साधु सन्त तथा भक्तजनहरु मन्दिर पुग्ने गरेका छन् ।साधुसन्तलाई खानपिन र बसोबासको समेत व्यवस्था मिलाउँदै आएको व्यवस्थापन समितिले यस वर्ष समेत सो क्रमलाई जारी राखिने जनाएको छ ।

अघिल्लो वर्ष ३० हजार बढीले रामनवमीको मेला भरेको दावी गर्ने मन्दिर समितिले यस पटक ४० हजार बढीले रामनवमी मेलामा सहभागिता जनाउन सक्ने अनुमान गरेको छ ।मन्दिरबाट संकलन भएको भेटी र दाताहरुको सहयोगलाई मन्दिर व्यवस्थापन समितिले मन्दिर क्षेत्रमा पूर्वाधार निर्माण लगायतमा खर्च गर्दै आएको छ ।रामले तापेको कहिल्यै ननिभ्ने आगो, रथको पाङ्गा, प्राचिन पोखरी र सखुवाको रुखमा आँप फल्ने जस्ता धार्मिक र प्राचिन पुरातात्विक आश्चर्य रहेको मान्यतामा भक्तजनहरु मनोकामना प्राप्ती हुने विश्वासका साथ मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया