इनरुवा २ बैशाख / सुनसरीको भोक्राहा गाविस वडा नम्वर २ मा एक बालक मृत भेटिएका छन् ।स्थानीय सबुल अन्सारीको १२ वर्षिय छोरा अफताज अन्सारी आफ्नो घर छेउको गाई गोठमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मृतक बालकको शव पोष्टमार्टमका लागि इनरुवा अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे अुसन्धान थालिएको जनाएको छ । मृतक बालक गोठमा नाइलनको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको परिवारले प्रहरीमा जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया