Ananda-Prasad-Sharma rajdut saudi arab२ बैशाख, काठमाडौँ / साउदी अरबको रियादस्थित नेपाली दूतावासका कावा राजदूत आनन्दप्रसाद शर्मामाथि आज आक्रमण भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले नै शर्मामाथि आक्रमण गरेका हुन् । घाइते शर्माको साउदी अरब किङ पैसाल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ । आक्रमणबाट घाइते हुनुभएका शर्माको स्वास्थ्य अवस्था खतरामुक्त छ । मन्त्रालयले कूटनीतिक पदाधिकारीमाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।

तपाईको प्रतिक्रिया