Inaruwa aaglagi 9
इनरुवा बैशाख ४/ भोक्राहाका अग्नि पीडित परिवारलाई सुनसरी सीर्जनशील परिवारले राहत सामाग्री वितरण गरेको छ ।
सीर्जनशील परिवार रामधुनी भाषीले पीडित परिवारलाई भेटी राहत स्वरुप ग्यास चुल्हो र झुल वितरण गरेको हो ।
आगलागीमा परी घरबार गुमाएका भोक्राहा ९ मुस्लिम वस्तीका २१ परिवारलाई सीर्जनशील परिवारले राहत बाँडेको हो ।

Inaruwa aaglagi 10
पीडीत परिवारलाई संस्थाका अध्यक्ष पुष्प कार्की, सचिव शंकर गौतम, कोषाध्यक्ष कैलाश कार्की, सदस्यहरु उमेश पोखरेल र मिनाकुमारी मेहता सहितको टोलीले राहत हस्तान्तरण गरेको थियो । आगलागीमा परेकाहरुका विचल्ली भएकाले सहयोग स्वरुप राहत वितरण गरिएको बताउने सीर्जनशील भाषी परिवारले अन्य राहत समेत वितरणको पहल गर्ने जनाएको छ ।
गत चैत्र २७ गते दिउँसो हावाहुरी सँगै भएको आगलागीमा मुस्लिम वस्तीका २१ घर जलेर नष्ट भएको थियो भने सो आगलागीमा १ करोड ५० लाख बढीको क्षति पुगेको थियो ।

तपाईको प्रतिक्रिया