yth inaruwa

अमर काफ्ले, इनरुवा बैशाख ४/ इनरुवा क्षेत्रमा रहेका युवाहरु एकवद्ध भई नगर सफाई अभियानमा जुटेका छन् ।
सदरमुकाम इनरुवाको बजार सहित आसपासका क्षेत्रका साथै सार्वजनिक पाटी पौवा र मठ मन्दिर क्षेत्रको सरसफाईलाई मध्यनजर गर्दै युवाहरु सामूहिक अभियानमा जुटेका हुन् ।

yth 5
विभिन्न कलेजहरुमा अध्ययनरत स्थानीय युवाहरुको सामूहिक भेलाले युथ अफ इनरुवा गठन गरी प्रत्येक शनिवार सरसफाईमा जुट्ने अभियानको थालनी गरेको हो ।

yth 4
अभियानको थालनी स्वरुप युवाहरुले आज इनरुवाको लोकतान्त्रिक चोक देखी बसचौकको क्षेत्रमा सरसफाई गरेका थिए ।
स्थानीय क्षेत्रकोे विकास र सरसफाईमा युवाहरुको समेत साथ र सहयोग जनाउन अभियान संचालनमा ल्याएको युथ अफ इनरुवाका संयोजक पुकार चौधरीले बताए ।

yth 2
चार जना युवाले सुरुवात गरेको युथ अफ इनरुवा अभियानमा स्थानीय अन्य युवाका साथै सर्वसाधारण तथा व्यापारीहरुले समेत साथ र समर्थन जनाएका छन् ।युवाहरुले सरसफाईका साथै अन्य सचेतना मुलक कार्यक्रमलाई समेत प्राथमिकतामा राखी संचालनमा ल्याउने जनाए ।

तपाईको प्रतिक्रिया