४ वैशाख, बाराको सिमरामा रहेको जगदम्वा स्टीलमा आज विहान आगलागी भएको छ । विहान ८ बजेबाट लागेको आगो करिव १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । जगदम्बा स्टीलको एच आर एम को कुलिङ्क बेडमा रहेको फर्मेश आयल चुहावट भएपछि आगलागी भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले बताउनु भयो ।

आगलागी भएको कुलिङ्ग बेड करिव ५ सय देखि ७ सय डिग्रीको तापक्रमबाट निकालिएको फलाम चिस्याउनका लागि प्रयोग गरिन्छ । आगलागी नियन्त्रणमा लिन निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र ३ वटा वारुण यन्त्रलाई करिव २ घण्टा लागेको थियो । आगलागीबाट भएको धनजनको क्षतिको यकिन विवरण अनुसन्धान पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया