मलेसिया / रौतहट चन्द्रपुर–७ का निलबहादुर राई दनुवारलाई एयरपोर्टमा क्लिनर काम गर्ने भनेर मलेसिया पठाइयो ।एक वर्षअघि काठमाडौंको कोटेश्वरस्थित युनाइटेड एचआर सोलुसोनले उनीलगायत आठ युवालाई क्लिनर भिषामा मलेसिया पठायो ।करिब एक लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया आएका राईले मलेसियामा भनेजस्तो काम पाएनन् ।
 विमानस्थलबाट उड्नुअघि पनि भनेजस्तो काम नभए मलेसियाबाटै फर्किने बताएका राईलाई यहाँ आएपछि भनेजस्तो काम मिलेन । ‘क्लिनरमा भनेर पठाएपनि कम्पनीमा अपरेटरकारुपमा काममा लगाइयो’, राईले भने, ‘काम गरिरहेको अवस्थामै अप्रिल ७ मा मलेसियाको सेलाङर शाहलमस्थित नाकागावा रबर कम्पनीमा काम गरिरहेको अवस्थामै पक्राउ पर्यौं ।’
malesiya jail ma yuva
उनीहरु ६ जनालाई मलेसियाको अध्यागमन विभागले अन्य बंगलादेशी कामदारसँगै पक्राउ गर्यो । अध्यागमनले उनीहरुलाई सेवाक्षेत्रको भिषामा कम्पनीमा काम गरेको भन्दै पक्राउ गरेको थियो ।पक्राउ परेका राईले भने, ‘हामीलाई भिषाभन्दा फरक काममा लगाइएको भन्दै पक्राउ गरियो ।’पक्राउ परेका उनीहरुलाई दुई दिन शाहलमस्थित प्रहरी थानामा राखेर एक महिना सिमोनिया जेलमा चलानग रिएको थियो ।
जेल पुगेपछि निक्कै तनावमा परेको राईले बताए । ‘घरपरिवारसँग सम्पर्क नै भएन, हामी जेलमा थियौँ मन बेचौन भयो’, राईले भने, ‘विदेशको जेलमा विनाकारण बस्दा अब नेपाल फर्किन्न जस्तो लाग्यो ।’ सोही आरोपमा पक्राउ परेका पाँचथरका बुद्धिमान तामाङ्गले अब नेपाल फर्कन पाइला भन्ने नसोचेको बताए । उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘म त मलेसियाको जेलमै मर्छु जस्तो लागेको थियो ।’
उनीहरुलाई मलेसिया पठाउँदा सौजनाब्लोेजन एसडिएन विएचडी कम्पनीको भिषा लगाइएपनि रबर कम्पनीमा अपरेटरकारुपमा कार्यरत थिए । उनीहरुसँगै सुनसरीका अजय चौधारी, दोलखाका दिनेश बस्नेत र नोर्सी तामाङ्ग, भक्तपुरका विनोद तामाङ्ग र ओखलढुङ्गाका अनुप दाहाल पक्राउ परेका थिए ।
जेलमा एक महिना कष्टकररुपमा वितेको राईले बताए । सो जेलमा रहँदा शारीरिक तनाव नदिएपनि मानसिकरुपमा निक्कै तनाव भोगेको उनले बताए ।म्यानपावरले झुक्याउँदा आफूहरुले विनाकारण एक महिना जेल बस्नु परेको तामाङ्गले गुनासो गरे ।उनीहरुसँगै पक्राउ परेका दोलखाका बस्नेत र नोर्सी अझै सिमोनियाको जेलमै रहेका छन् । सौजनाब्लोजनले जरिमाना तिरेर जेलबाट उनीहरुलाई निकालेको हो ।
हाल जेलमै रहेका दुईजनालाई कहिले जेल मुक्त गर्ने थाहा नभएको पीडितहरुले जानकारी दिए । सो बारे नेपालमा रहेको युनाइटेड सोलुसनसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।पीडितहरुमध्येका राईले मलेसिया आउनुअघि मलेसियामा रहेका रोजगारदाता र भिषाबारेमा नुबझी आउँदा समस्या पर्ने गरेको बताए ।
सरकारले पनि नेपाली म्यानपावर व्यावसायीलाई अंकुश लगाउनुपर्ने उनको भनाइ थियो । म्यानपावरको गल्तीले नेपाली श्रमिक समस्यामा पर्ने उनको भनाइ थियो ।पीडित तामाङ्गले भिषा लागेकै काममा लगाउने हो भने अरु नेपाली पनि जेलमा बस्नुपर्ने अवस्था नआउने बताए ।म्यानपावर कम्पनीले नेपाली श्रमिकलाई कन्ट्रयाकमा लगाउने हुँदा सेवा सुविधासमेत कम पाउँदै आएका छन् । जुमएनपीबाट

तपाईको प्रतिक्रिया