४ वैशाख, रेणु पराजुली , ओखलढुंगा ।ओखलढुंगाको यसम ९ का भोटबहादुर सुनुवारलाई बञ्चरो प्रहार गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ८० वर्षीय बाबु बलबहादुर सुनुवारलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरी शनिवार साँझ घरबाटै पक्राउ गरेको हो ।

बैशाख १ गते नयाँ वर्ष मनाउँदा घरायसी विवादमा भोटबहादुरले बाबुलाई बञ्चरो प्रहार गम्भीर घाइते भएका सुनुवारको शनिबार ११ बजे घरमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले बताउनुभयो ।

शाहका अनुसार बञ्चरो प्रहारबाट खुट्टा र टाउकोमा चोट लागे पनि उपचार नहुँदा तनि दिनपछि ज्यान गएको हो । आरोपीले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ । आरोपी भोटबहादुरलाई गाम्नागंटार प्रहरी चौकीको टोलीले पक्राउ गरेको प्रनाउ शाहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया