biskut rajbiraj parau

७ वैशाख, रविन्द्र साह, सप्तरी।राजविराज रुपनी सडकखण्ड अन्तरगत सप्तरीको रायपुर ७ मा प्रहरीले एक भारतीयलाई साढे बाह्र लाख रुँपैया मुल्य पर्ने सुनको बिस्कुट र चाँदीसहित पक्राउ गरेको छ । सवारीसाधन चेक जाँच गर्ने क्रममा भारतको कलकत्ता ठेगाना बताउने मो. मोहिमसँग सुनको बिस्कुट २० तोला र कच्चा चाँदी ५ किलो फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सुनको विस्कुट २० तोलाको दश लाख र कच्चा चाँदी ५ किलो दुई लाख पचास हजार बजार मुल्य पर्ने जनाएको छ । सवारी चेक जाँच गर्नेे क्रममा शंका लागेपछि प्रहरीले मोहिमसँग रहेको कालो झोला चेक गर्दा बरामद भएको सुनको बिस्कुट र कच्चा चाँदीसहित उनलाई पनि आवश्यक कारवाहीको लागि पूर्वाअञ्चल राजश्व कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया