las ngadne11

मृत्यु नै मानिसको अन्तिम विन्दु हो भनिन्छ । तर इन्डोनेशियाको एक समाजले भने यो भनाईलाई मान्दैन । किनकी उक्त समाजमा मृत्युपछि पनि जिन्दगीलाई कायम राख्ने चेष्टा गरिएको अन्तराष्ट्रिय संथाहरुले उल्लेख गरेका छन् ।इन्डोनेशियाको दक्षिण सुलावेसीको पहाडमा रहने मानिसहरुले आफ्ना परिवारका कोही पनि सदस्यको मृत्युपछि पनि दाहसंस्कार नगरी शवलाई आँफैसँग सम्हालेर राख्छन् ।

संसारभरकै प्रचलनलाई चुनौँतीदिँदै तोरजा समाजले मृत्यु पछि पनि लाशलाई लाश नमानेर घरमा नै सजाएर राख्ख्दै आएका छन् । यो समुदायका मानिसले मृतकलाई बिरामी व्यक्तिका रुपमा मान्दै आएका छन् । ति मात्रै होइन उनीहरुले सुरक्षीत राखेका लाशहरुलाई दैनिक विहानै नुवाइदिन्छन् । मृतकको शरीरलाई सुरक्षीत राख्नका लागी फर्मल्डिहाइड र पानीको मिश्रण बनाएर नियमित रूपमा शरीरमा लगाइदिने प्रचलन छ । उनीहरु भन्छन् लाशसँग कत्तिपनि डर लाग्दैन तर डर भन्दा धेरै माया लाग्छ । यो समाजमा करिब ५ लाख मृत शरीर छन् जसलाई तोरजा समाजका मानिसले अझै सुरक्षीत राखीरहेका छन् । यदी यो समाजमा कोही मानिस मर्यो भने भोज भतेर गरेर अन्त्मि दाहसंस्कार गरिन्छ ।मानिसको मृत्युपछि भैँसी काटेर बृहद भोजको आयोजना गरिन्छ । र लाशलाई उही पुरानै शैलीले सुरक्षीत राखिन्छ ।

las ngadne1 las ngadne5 las ngadne3 las ngadne2 las ngadne6 map las ngadne7 las ngadne8 las ngadne9 las ngadne10 las ngadne12

एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया