key-board-up-botton

८ बैशाख, एजेन्सी ।तपाइँले कम्प्युटर वा ल्यापटप प्रयोग गर्दा अनुभव गर्नु भएको होला कम्प्युटरको कि बोर्डमा J र F बटनमा उठेको चिन्ह हुन्छ । तर धेरैलाई थाहा नहुन सक्छ यो चिन्ह किन हुन्छ भन्ने विषयमा ।

कुनै कुनै कि बोर्डमा F र J बटनमा उठेको चिन्ह हुन्छ । तपाइँको चोरी ओंला बटनमा हुन्छ । खास यो उठेको चिन्ह तपाइँलाई सुविधाका लागि दिइएको हो ।सामान्यतः टाइप गर्ने बेलामा हाम्रो बायाँ हातको चोरी औंला F मा हुन्छ भने बाँकि औंला (कान्छी औलो, मध्यम र अनामिका A, S र D बटनमा हुन्छन् ।

त्यसैगरी दायाँ हातको चोरी औंला J बटनमा हुन्छ । बाँकी औंला K, L र कोलन (;) मा हुन्छ । यसरी राखिएको औंला ठिक ठाउँमा राख्नका लागि सजिलो होस् भनेर यी २ अक्षरमा उठेको चिन्ह राखिएको हो ।

तपाईको प्रतिक्रिया