water problem narendra basnet

९ वैशाख, नरेन्द्र बस्नेत बेलबारी । एक सातादेखि धारामा पानी नआएपछि मोरङको बेलवारीमा खानेपानीको हाहाकार शूरु भएको छ ।
गर्मीयाम सँगै उपभोत्ताहरुलाई बढी पानीको आबश्यत्ता भएपनि एकसाता देखी धारामा पानी नआउँदा उपभोत्ताहरु समस्यामा परेका छन । धारामा खानेपानी नआएपछि स्थानियवासीले टयुबेलको पानी प्रयोग गर्न बाध्य भएका छन । गर्मीयाममा टयुबलेको पानी गन्हाउने,र खान अयोग्य हुने भएपनि खानवाध्य भएको उपभोत्ताहरुको गुनासो रहेको छ ।

एक महिनामा करिब पन्ध्र दिन मात्र धारामा पानी आउने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ । महिना नवित्दै पानीको बिल आँउछ तर खानेपानी नियमित धारामा नआउने गरेको स्थानीय बासिन्दा गुनासो गर्छन । गर्मी वढेपछि पानी धेरै चाहिन्छ, तर धारामा पानी नआँउदा बालबालिकाको लागी वोतलमा भरेको पानी किनेर खुवाउनु पर्ने बाध्यता रहेको गृहणीहरुको गुनासो छ । बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको क्षेत्रभित्र रहेका १ हजार १० जना उपभोत्ता अहिले शुद्ध खानेपानीको प्रयोग गर्नबाट बञ्चित भएका छन ।

बेलबारी नगरपालिकाको ४ नम्बर वार्डमा भने दुई हप्ता देखी खानेपानीको समस्या भएको छ । यस्तै बेलबारी १,२,३,४ वडाका ४ हजार उपभोत्तामध्ये नियमित रुपमा १ हजार उपभोत्तालाई समेत खानेपानी बितरण गर्न नसकेको भन्दै स्थानियले आक्रोश पोखेका छन ।
यस बिषयमा समितिका अध्यक्ष महेन्द्र सुवेदीले नियमित विद्युत आपुर्ती नहुँदा खानेपानी उपभोक्ताका धारामा खसाउन नसकिएको स्वीकार गरेका छन । विद्युतिय मोटर बिग्रेका कारण पानी तान्न समस्या भएको र यो समस्या समाधानका लागी अझै केहीदिन लाग्ने समेत उनले बताए ।

तपाईको प्रतिक्रिया