female-condom

१० वैशाख । स्त्री कण्डमलाई यौनसम्पर्क गर्नुभन्दा ८ घण्टा अघि नै लगाउन सकिन्छ । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये एउटालाई योनीभित्र घुसारिन्छ जबकी अर्को रिङ्गलाई योनी बाहिर नै छोडिन्छ । स्त्री कण्डमलाई यौन सम्पर्कपछि तुरुन्त झिक्नु पर्दछ र त्यसलाई उचित व्यवस्थापन गर्नुपर्दछ ।

पुरुष र स्त्री दुवै कण्डमलाई पुन: प्रयोगमा ल्याउन सकिँदैन । प्रयोगकर्ताले कण्डमको प्रयोग गर्नुभन्दा अगाडि त्यसको प्रयोग कसरी गर्ने भनि सिक्नुपर्दछ । सकभर कण्डम किन्दा उच्च स्तरको खरिद गर्नुपर्दछ र कण्डमको प्रयोग गर्न नमिल्ने मितिको जाँच गर्नुपर्दछ । महिला कण्डम एक किसिमको रबरले बनेको हुन्छ ।

यसलाई बनाउँदा शुल्क बढि लाग्ने गर्छ त्यसैले महिला कण्डम थोरै महंगो हुन्छ । यसको प्रयोग पनि पुरुष कण्डमको तुलनामा अलि असहज रहेको छ । यी विविध कारणहरुले गर्दा महिला कण्डम सजिलै र सस्तोमा पाईदैन । साथै प्रजनन्मा पुरुषको भुमिका पनि अनिवार्य हुन्छ । यसका लागि पुरुषहरुले प्रयोग गर्न सक्ने अस्थाई साधनमा कण्डम मात्र उपलब्ध रहको छ ।

– स्रोतः फरसी नेटवर्क

तपाईको प्रतिक्रिया