monkey tail ntc narendraनेपाल टेलिकमले सेवाग्राहीकोे सुविधाका लागी मोरङको बेलबारी ३ मा निर्माण गरेको टावर नौ महिना बितिसक्दा समेत प्रयोगमा नआँउदा बाँदरको पुच्छर लौरो न हतियार भनेझै भएको छ ।

१२ वैशाख, नरेन्द्र बस्नेत बेलबारी । बेलबारी ३ स्थित मालपोत कार्यलयको छेऊमा जडान गरिएको टावर नौ महिना बितिसक्दा समेत टेलिकमले प्रयोगमा ल्याउन सकेको छैन । दैनिक रुपमा सोवाग्राही बढ्दै जादाँ समेत टेलिकमले टावर सञ्चालनमा चासो देखाएको छैन । केही महिना अघिदेखिनै नमस्ते मोबाईलको नेटवर्कमा समस्या आएपनि टेलिकमले चासो नदेखाउँदा सेवाग्राही मारमा पर्दै आएका छन ।

नेपाल टेलिकम मार्फत सञ्चालित नमस्ते र स्काईमा सम्पर्क गर्न त समस्या छँदैछ त्यसमाथि रिचार्ज गर्न समेत झनै ठुलो समस्या छ । टेलिकमले एकपछि अर्को सुबिधा भन्दै समस्या ल्याएको सोवाग्राहीहरु गुनासो गर्छन । टेलिकमले सुबिधाका नाममा दुख मात्र दिएको स्थानिय मनोज भण्डारीले बताए । भएको टावर सञ्चालन गरेर सुबिधा दिनुपर्ने उनको माग छ ।जतिबेला सेवा सुबिधा बिस्तार गर्छ त्यतीनै बेला टेलिकमले धोका दिन्छ अहिले ब्यापार समेत फोनबाट हुन्छ फोनमै समस्या आए पछि ब्यापार पनि चौपट भएको छ । स्थानीय ब्यापारीहरु गुनासो गर्छन । दैनिक अत्यावश्यक साधनका रुपमा रहेको मोबाईल नेटवर्कका कारण अहिले समस्यामा परिणत हुने गरेको छ । दैनिकरुपमा समस्या थपिदै गएको छ, बोल्दाबोल्दै टावर जान्छ बिचमै बोलि काटिने गरेका कारण समस्या हुनेगरेको सामुदायिक नोवेल अस्पताल बेलबारीका संचालक योगेन्द्र गुरुङ बताउँछन ।

टेलिकमले काम गर्ने समयमा काम गर्न नसक्ने अनि सेवासुविधाको नाम लिएर उपभोक्त्ता ठगी गर्ने गरेको आरोप समेत उनले लगाए । एनसेल बाट फोन गर्दा लाग्ने तर नमस्तेबाट फोन गर्दा धेरै पटक प्रयास गर्नु परेको गुरुङले बताए । सेवा बिस्तार नगरी सेवाग्राही थप्दा टेलिकमले समस्या उत्पन्न गराएको भन्दै चाडै सेवाविस्तार गर्न समेत उनले माग गरेका छन ।एक पटक फोन गर्दा कहिले सम्पर्क हुन सकेन कहिले नेटवर्क ब्यस्त छ भन्ने कहिले के भन्ने जस्ता समस्याले हैरानी काढने गरेको सेवाग्राहीको गुनासो रहेको छ । बेलबारी नगरपालिकाका केहि वडाका लागी जडान गरिएको टावर सञ्चालन नभएपछि दैनिक समस्या बन्दै जान थालेको छ । यस बिषयमा बुझनका लागी पटक पटक टेलिकममा सम्पर्क गर्दा समेत फोन उठेन ।

तपाईको प्रतिक्रिया