१२ वैशाख, काठमाडौँ । इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको आरोपमा एक सञ्चारमाध्यमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले नेपालगन्ज, बाँकेबाट ताजा मिडियाका सञ्चालक प्रेमबहादुर विकलाई पक्राउ गरी आज काठमाडौँ ल्याएको छ । बर्दिया देउडाकला घर भएका विक हाल नेपालगन्ज बस्दै आएका थिए ।