काठमाडौंँ ५ कात्तिक । आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ ।

नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनको मध्यम स्कोर बनाउन सफल भयो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७, राजु रिजालले ३५, आरिफ शेखले २१ र दीपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए ।

आयरल्यान्डलाई कम स्कोरमै समेट्ने क्रममा नेपालका आरिफ शेखले तीन, ललितनारायण राजवंशीले चार तथा दिपेन्द्र ऐरीले दुई विकेट लिएका थिए । जितसँगै नेपालले अर्को वर्ष बङ्गलादेशमा अर्को वर्ष हुने यु–१९ विश्वकप खेल्नेछ । यससँगै नेपालले सातौँ पटक यु १९ विश्वकपमा छनोट हुन सफल भएको हो ।

यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा पनि नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले पहिलो ब्याटिङ गर्दै नेपाल सामु १८५ रनकै लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा नेपालका ओपनर जोडी सुनिल र सन्दीप सुनारले १७० रनको साझेदारी गरेपछि नेपालले लक्ष्य सहज रुपमा भेट्टाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो । तेस्रो खेलमा अमेरिकालाई छ विकेट तथा चौथो खेलमा आयरल्यान्डलाई आठ विकेटले नै पराजित गरेको थियो ।

 

तपाईको प्रतिक्रिया