सन् १४८३ मा जन्मिएका थोमस पर सम्भवतः विश्वकै सबैभन्दा बढी उमेर बाँचेका व्यक्ति मानिन्छन् । उनी १ सय ५२ वर्षसम्म बाँचे । उनले बेलायतका १० वटा राजा-महारानी देखे । महारानी एलिजावेथ प्रथमको ५० वर्षको शासन भोगे । सन् १६३५ मा राजा चाल्र्स प्रथमले उनलाई दरबारमा निम्त्याए र उनी यति लामो समयसम्म बाँच्नुको रहस्य सोधे । परले उत्तर दिए, उनी किसानको रुपमा निकै सरल जीवन बिताउँछन्, बढीजसो आलु, फलफूल, जौं खान्छन् ।

thomas-parr-jiwan

उनलाई त्यसरात दरबारमा राजसी सम्मानका साथ मीठा मीठा परिकारहरु खुवाइयो । दुर्भाग्यवश त्यसैरात उनी बिरामी परे र उनको निधन भयो । निधन हुँदा उनी १ सय ५२ वर्ष ९ महिनाका थिए । राजा चाल्र्स निकै दुःखी भए । उनले परलाई सम्मानका साथ वेष्टमिनिष्टर अवेमा समाधिस्थ गर्न लगाए । जुन आज पनि देख्न सकिन्छ ।

क्रिश्चियन मिथक

बाइबलका अनुसार आदम र इभले फलफुल, बदाम र अनाज खान निर्देशन दिएका थिए । बाइबलमा भनिएको छ, ‘तिमीले खेतमा उमारिएका तरकारी खानुपर्छ ।’ तर पछि बाढी आएर खाद्य स्रोतमै समस्या हुँदा भगवानले मासु खाने स्वीकृति दिएको कथन छ । त्यतिखेर मासु आवश्यक भएपनि त्यसले मानिसको दीर्घायुलाई आश्चर्यजनक रुपले घटायो । बाढी आउनुपूर्व फलफूल तथा अनाज खाँदा मानिसको उमेर ९ सय वर्षसम्मको भएको क्रिश्चियन धर्मग्रन्थहरुमा मिथक पाइन्छ ।  तर मासु खान थालेपछि त्यो उमेर घटेर ६ सय वर्ष भयो । नौ पुस्तापछि त १ सय ७५ मात्र भयो ।

हिन्दु मिथक

हिन्दु धर्मावलम्बीबीच पनि विभिन्न व्यक्तिहरु लामो समयसम्म बाँचेको मिथक पाइन्छ । महाभारतका पात्र भीष्म ३ सय ७० वर्षसम्म बाँचेको मिथक छ । यस्तै, देवराहा बाबा ७ सय ५० वर्ष, त्रैलांगा स्वामी २ सय ८०, लोकनाथ ब्रम्हचारी १ सय ६० वर्ष र शिवपुरी बाबा १ सय ३७ वर्ष बाँचेको बताइन्छ । बिभिन्न अनलाइनहरूबाट

तपाईको प्रतिक्रिया