13100841_10206244316003623_2580093204220093790_n
बैशाख १५ इनरुवा/ नेविसंघका पूर्व महामंत्री तथा तत्कालिन युवा नेता स्वर्गिय बासुदेव कोइरालाको स्मृतिमा इनरुवामा अन्र्तकृयाको आयोजना गरिएको छ ।
बासुदेव कोइराला स्मृति प्रतिष्ठान इनरुवा सुनसरीले छैठौं स्मृति दिवसको अवसर पारी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन र चुनौतिका बारेमा अन्र्तकृयाको आयोजना गरेको हो ।

13119747_10206244274762592_4291016246298145751_o
स्मृति दिवसमा विविध कार्यक्रम गर्दै आएको प्रतिष्ठानले यस पटक भने समयसामयिक विषयमा केन्द्रित रहेर संविधान कार्यान्वयन र चुनौतिबारे बहस चलाएको हो । कार्यक्रममा सांसद समेत रहेका नेपाली काँग्रेसका युवा नेता गगन थापा सहित स्थानीय बुद्धिजीवि, राजनैतिक दलका प्रतीनिधी लगायतको उपस्थिती रहेको थियो ।

ggn
कार्यक्रममा बोल्दै गगन थापाले संविधान कार्यान्वयनको प्रमुख चुनौतिका रुपमा स्थानीय निकायको निर्वाचन, प्रदेशको निर्वाचन र नयाँ प्रतीनिधी सभाको निर्वाचन प्रमुख रहेको धारणा राख्नुभयो ।
संविधान कार्यान्वयनमा चुनावी प्रकृयाले संवैधानिक जटिलता र संकट उत्पन्न हुने बताउँदै थापाले मधेशको मुद्धालाई सम्बोधन नगरे सम्म संविधानको कार्यान्वयन चुनौति पूर्ण रहेको बताउनुभयो ।
तत्कालित युवा नेता बासुदेव कोइरालाको ६ वर्ष अघि सवारी दुर्घटनामा ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया