vrs
बैशाख १५ इनरुवा / सुनसरीका गाविसहरुमा भर्स सफ्टवेयर प्रणाली लागु भएसँगै कार्यसम्पादनमा सहजता आएको छ ।
जिल्ला विकास समिति सुनसरीले विगत केहि वर्षयता सुनसरीका गाविसहरुमा कमप्युटर डाटा प्रणाली लागु गरेको छ ।
जिल्लाका ३९ वटै गाविसहरुमा भर्स प्रणालीबारे तालिमको व्यवस्था मिलाएको जिविसले हाल २० गाविसले कमप्युटर सफ्टवेयर प्रणाली संचालनमा ल्याइरहेको जनाएको छ ।
जिविस सुनसरीले व्यक्तिगत घटना दर्ता कार्यक्रम अन्र्तगत प्लान नेपालको सहयोगमा सो प्रणाली संचालनमा ल्याएको हो ।
परम्परागत तथ्याङक प्रणालीलाई व्यवस्थित गर्न सुनसरीका गाविसहरुमा संचालनमा रहेको भर्स सफ्टवेयर प्रणालीले सरकारी सेवालाई चुस्त र छरितो बनाएको सरोकारवालाहरुको ठम्याई छ ।
जन्म,मृत्यु,बसाइसराई,सम्वन्ध विच्छेद र विवाह दर्ता जस्ता व्यक्तिगत घटना दर्तालाई सम्वन्धित गाविसको कार्यालयले कमप्युटर प्रणाली मार्फत अवलम्बन गरेपछि कामकार्वाही र सचेतनाको पाटोलाई सहज तुल्याएको जिल्ला विकास समिति सुनसरीकी सामाजिक विकास अधिकृत माया राईको भनाई छ । कमप्युटर प्रणालीलाई थप दुरुस्त र सेवा प्रवाहको स्थितीको निगरानीका लागि सरोकारवालाहरुको अनुगमनको कार्यलाई समेत निरन्तरता दिइदै आइएको राइले बताइन् ।

तपाईको प्रतिक्रिया