इनरुवा बैशाख १६/ सुनसरी सिर्जनशील परिवार नेपालको आयोजनामा सुनसरीको रामधुनी भाषी नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
झुम्का जेसिससँगको सहकार्यमा सम्पन्न आँखा शिविरमा १०० बढी आँखा जाँच गराएका छन् ।
विराटनगर आँखा अस्पतालको सहयोगमा आयोजित आँखा शिविरमा स्थानीयवासीका साथै आसपासका सर्वसाधारणले सुुविधा लिएको संस्थाका अध्यक्ष पुष्प कार्कीले बताए ।
सामाजिक उत्तरदायित्व सम्वन्धी विविध गतिविधी संचालन गर्दै आएको सुनसरी सिर्जनशील परिवारले औपचारिक कार्यक्रमको आयोजना गरि शिविर संचालनमा ल्याएको थियो ।
शिविर पूर्व आयोजित कार्यक्रममा पूर्व सभासद धर्म निरौला, भाषी नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद चौधरी, स्थानीय अगुवा डिल्ली काकी,कैलाश कार्की लगायतकाले झुम्का केन्द्रित कमै मात्रामा आयोजना हुने सामाजिक कार्यहरुको बढोतरीका लागि सबैको साथ र सहयोगको आवश्यकता औल्याए ।