sadak-abaruddha2-640x450

धनुषा ७ कार्तिक । हिन्दु धर्मावलम्बीको महान पर्व विजयादशमीको अवसर पारेर आन्दोलनलाई केही खुकुलो बनाएका मधेशी मोर्चाहरुले दशैं सकिए लगत्तै आन्दोलनलाई झनै उग्र बनाएका छन् ।

विजयादशमी सम्पन्न भएपछि प्रदर्शनकारीहरु शनिबारदेखि नाका र राजमार्ग अवरुद्ध गर्न सक्रिय भएका छन् । अढाई महिनादेखि मधेशमा आन्दोलन जारी रहेपनि मधेशी जनताको मागप्रति सरकार गम्भीर नदेखिएपछि आन्दोलनकारीहरु झनै सशक्त रुपमा प्रस्तुत भएका छन् ।

आन्दोलन सशक्त बनाउने क्रममा गएराति पुर्व पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका ढल्केवरमा प्रहरी र प्रदर्शनकारीबीच दोहारो झडप भएको थियो । पुर्वको लागि स्कर्टिङ गरी महोत्तरीको बर्दिबासबाट छुटेको गाडी ढल्केवर हुँदै जाने क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा झडप भएको थियो । आन्दोलनकारीले दर्जन भन्दा बढि गाडीमा तोडफोडसमेत गरेको बताएका छन् ।

स्थितिलाई सहज बनाउन प्रहरीले २९ राउण्ड हवाई फायर गर्नुकासाथै केही सेल अश्रुग्यास र प्लास्टिकको गोली पनि पनि प्रहार गरेको थियो । प्रहरीसँगको झडपमा दर्जनौं व्यक्ति घाईते भएपनि अहिले ३ जनाको नाम मात्र खुल्न सकेको छ । जसमा मिथिला नगरपालिका–६ निवासी रामदेव महतोका छोरा सुरेन्द्र महतो, बिकु महतो र गणेश महतो रहेका छन् । उनीहरुको अवस्था अहिले सामान्य रहेको, १ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको र २ जनाको उपचारको लागि भारत पठाईएको सदभावना पार्टी जिल्ला अध्यक्ष संजय सिंहले जानकारी दिएका छन् ।

मिथिलाकै नकटाझिझ १–स्थित मधेशी मोर्चाका कार्यकर्ता तथा स्थानीयहरुले सडकअवरुद्ध गरेका छन् । शुक्रबार राति ८ बजेदेखि नै सडकमा बसेका मोर्चाका कार्यकर्ता तथा स्थानीयले सडकमा विशाल रुखहरु काटि टायर बाली तथा सडकमा बसी अवरुद्ध गरेको र मोटरसाईकल समेत चल्न दिईएको छैन । जनकपुरको अप्पन टिभिलाई दिइएको जानकारी अनुसार किसानबाहेक अरु कसैलाई खाद्यान्न समेत लान नदिने र मोटरसाईकल पनि पुर्ण रुपमा बन्द गराउने सिंहले बताए ।

मोर्चा आवद्ध ४ वटै दलका जिल्ला अध्यक्ष तथा कार्यकर्ताहरु ढल्केवरस्थित राजमार्गमै डेरा जमाएर बसेका छन् ।

sadak abaruddha

sadak abaruddha3

sadak abaruddha5

sadak abaruddha4

तपाईको प्रतिक्रिया