inaruwa julus kp oli
इनरुवा बैशाख १७/संघीय गठबन्धनले इनरुवामा निकालेको कालो झण्डा सहितको विरोध र्याली प्रहरीले रोकेको छ ।सद्भावना पार्टी कार्यालयबाट निस्केको गठबन्धनको र्यालीलाई लोकतान्त्रिक चौकमा प्रहरीले अवरोध पुर्याएको हो ।सरकारी कार्यालयमा कालो झण्डा गाड्ने कार्यतालिका अनुसार भूमि सुधार र जिल्ला विकास समितिको कार्यालयमा झण्डा गाडेर नाराबाजी सहित जिल्ला प्रशासन कार्यालय तर्फ अघि बढेको र्यालीलाई प्रहरीले मुख्य बजार क्षेत्रमै रोकेको हो ।

inaruwa julus kp oli1
बाटो घेराबन्दी गरी प्रहरीले गठबन्धनका नेता कार्यकर्ताहरुलाई अघि बढ्न दिएन् । प्रधानमंत्री केपी शर्मा ओली पाटीको कार्यक्रममा इनरुवा आउने कार्यक्रम रहेपछि आज विहानैबाट इनरुवा सहित आसपासको क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।

तपाईको प्रतिक्रिया