१७ वैशाख, एजेन्सी । भारतको राजस्थानकी एक युवतीले १४ पटक विहे गरेको कुरा सार्वजनिक भएको छ । कोटा भन्ने ठाउँकी बन्दना नाम गरेकी एक युवतीले १४ जनासँग विहे गरेकी छिन् ।प्रत्येकजनासँगको सुहागरात कस्तो भयो होला । बिडम्बना सुहागरातमा भने बेहुलाले नसोचेको भयो । १४ वटा श्रीमानमध्ये एउटाले पनि बन्दनासँग सुहागरात मनाउन पाएनन् । बरु सुहागरातकै दिन लाखौंको धनमाल सहित लुटीए ।

यो अपराधमा मुख्य भुमिका निर्वाह गर्दै आएकी बन्दना भने फरार छिन् । प्रहरीका अनुसार यो गिरोहको सिकार बनेका पीडित कैलाशले भनेका छन् की टाढाका नातेदार हजारीलालले उनलाई सम्पर्क गरेर सुन्दर र सुशील युवतीसँग विहे गरिदिने वाचा गरे ।

बन्दना नाम भएकी युवतीसँग उनको विहे करिब डेढ लाख रुपैयाँमा तय भयो । सबै कुरा तय भएपछि उक्त गिरोहले माला र सिन्दुर मगाएर त्यही विहेको प्रक्रिया पुरा गरिदिए ।

तपाईको प्रतिक्रिया