oli in inaruwa इनरुवा बैशाख १७/ प्रधानमंत्री केपी शर्मा ओलीले कोही कसैको डर त्रासमा नपरी निर्धक्कसाथ आफ्नो पेशामा खटिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।सर्वसाधारणले सरकारी सेवा सुविधा चुस्त र दुरुस्त भएको अनुभूति पाउने गरी कार्यसम्पादनमा जोड दिन प्रधानमंत्री ओलीले कर्मचारीहरुलाई निर्देशन दिनु भएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमंत्री ओलीले आन्दोलनमा होमिएका केही व्यक्ति र समूहको त्रासमा नपरी निर्धक्कसाथ कार्य सम्पादनमा खटिन निर्देशन दिनु भएको हो ।
ओलीले नयाँ संविधानमा कसैलाई काखा र पाखा नगरिएको स्पष्ट पार्दै भ्रमको पछि लागेर कुण्डित राजनीति नर्गन मधेशवादी दलहरुलाई आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया