काठमाण्डाै ।  नयाँ संविधानले व्यवस्था गरेअनुसारको २ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउन र त्यहाँका सरकारी कामकाजको भाषा मैथिली कायम गराउन पहल थालिएको छ ।

मिथिला राज्य माग गर्दै आन्दोलनरत मिथिलाराज संघर्ष समितिको जनकपुर बमकाण्डमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि दिन आयोजित कार्यक्रममार्फत औपचारिक बहस सुरु गरेको हो ।२ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामाकरण गराउनुपर्ने तथा त्यहाँको सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने माग राखेर समिति बहसमा उत्रिएको संयोजक परमेश्वर कापरीले बताए ।

२ हजार वर्ष पुरानो मैथिली संस्कृति र सभ्यता जोगाउन पनि मिथिलो प्रदेश नामाकरण गर्नुपर्ने हाम्रो माग हो । त्यहाँको सरकारी कामकाजको भाषा पनि मैथिली हुनुपर्छ –उनले भने । अाजकाे नागरिक दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया