suwas

कम्पनीले दिएको एउटा सानो कोठा छ । कोठाभित्र दुइटा फलामका खाट राखिएको छ, जहाँ तलमाथि गरेर चारजना सुत्छौँ । कोही पूर्वका इलामका छन्, कोही उत्तर गोर्खाका । नेपालमा भएको भए सायद यी साथीसँग भेट हुने थिएन । तर, यहाँ सँगै एउटै कोठाभित्र आफ्ना आफ्नै सपना पालेर मिलि बसेका छौँ । यो वर्ष कोठाभित्र एउटा कुनामा जमराले दशैंको दिन कुरेर बसिरहेको छ । अनि, भित्तामा टाँसिएका दुर्गा माताका तस्बिरले आशीष दिन हतार गरिरहेका छन् । तर, यसपालि पनि टीका लगाएर दशैँ मनाउन पाउने हो÷होइन थाहा छैन । पोहोर साल पनि यसैगरी कोठामा जमरा उमारेका थियौँ । घरपरिवारसँग बसेर टीका अगाउन नपाए पनि साथीभाइ मिलेर निधार रंग्याउने आशा राखेका थियौँ । तर, लाखौँ बिन्ति गर्दा पनि कम्पनीले दशैँको दिन बिदा दिएन, बिहानै चारै बजे ड्युटीमा पठायो । साथीभाइ मिलेर निधार रंग्याउने सपना तुहियो । साथीभाइ, घरपरिवार सम्झेर मन रोएर आयो । ड्युटीमा अरूले देख्छन् कि भनेर एकान्तमा आँसु झारे पनि । विदेश बस्दिनँ, देशमै केही गर्छु भन्नेसम्मको प्रण पनि गरेँ । तर, देशमै केही गर्न पनि त पैसा चाहिन्छ । विदेश जान्छु भने मात्र सजिलै देशमा ऋण पाइन्छ, कुनै व्यापार व्यवसाय गर्न पाइँदैन । विडम्बना, यसपालिको दशैँमा पनि म यो पराई भूमिमै छु ।

‘हलो ! सुवास के छ खबर सन्चै हो ?’

‘हजुर ठीकै छ दाइ अनि तपाईंको ?’

‘मेरो नि ठिकै छ अनि दशैंमा घर जाने हैन ?’

‘खै दाइ, चाडबाडमा घर जाने मन कसलाई लाग्दैन र ? तर के गर्नु, भागेर जान भएन, बिदा दिँदैन ।’

 

नेपालबाट फोन आयो । नम्बर हेरें, श्रीमतीको रैछ । उनी पनि यो दशैँमा त प्रदेशबाट श्रीमान् आउँछन कि भन्ने आशमा बसेकी छ्न । आश नगरुन पनि कसरी ? पोहोर सालको दशैँमा पनि घर आउँछु भनेर ढाँटेर टारेको थिएँ । अनि, यो दशैंमा पनि आश्वासन दिएको थिएँ । तर, योपटक पनि छुट्टी मिलेन । कठै कति मन रुँदो हो बिचरीको ।

 

बेलुकी ७ बजे ड्युटी गएर बिहान आठ बजेतिर कोठामा आउँदै गर्दा फेसबुक म्यासेन्जरमा साइप्रसमा रहेका एकजना दाइसँग कुरा गर्दै थिएँ । बीचैमा नेपालबाट फोन आयो । नम्बर हेरें, श्रीमतीको रैछ । उनी पनि यो दशैँमा त प्रदेशबाट श्रीमान् आउँछन कि भन्ने आशमा बसेकी छ्न । आश नगरुन पनि कसरी ? पोहोर सालको दशैँमा पनि घर आउँछु भनेर ढाँटेर टारेको थिएँ । अनि, यो दशैंमा पनि आश्वासन दिएको थिएँ । तर, योपटक पनि छुट्टी मिलेन । कठै कति मन रुँदो हो बिचरीको । बिहे भएको चार वर्ष भयो, एकपटक पनि सँगै दशै मनाउन पाएका छैनौँ । सँगै दशैं मनाउने उनको सपना प्रत्येक वर्ष तुहिएको छ । यस्तो कथा मेरो मात्र हैन, पीडा मलाई मात्र छैन । देशमा अवसर नभएपछि रोजगारी खोज्दै बिदेसिने लाखौं नेपालीको व्यथा एउटै छ । दशैंमा घर सम्झी ती सुदूरपश्चिमका केशव दाइको मन जति रोएको छ, त्यति मन पूर्व इलाममा बस्ने पेमा दिदीको पनि रोएको छ । कतारमा बस्ने शिव पनि दुःखी छन्, अनि अमेरिकामा बस्ने सरोज प्रधान दाइ पनि बेखुसी छन्, हामी फेसबुकमा दुःखसुख साटिरहन्छौँ । कहिलेकाहीँ त लाग्छ, दशैं हामी परदेशीलाई दुःखी बनाउन आउँछ । परिवारलाई विदेश गाका छोराछोरी दशैंतिहारमा घर आइदिए हुन्थ्यो जस्तो लाग्छ । अनि, हामी परदेशमा पसिना चुहाइरहेका अभागी सन्तानलाई चाडबाडमा परिवार भेट्न नपाउँदा दुःख लाग्छ । नलागोस् पनि कसरी ? बल र बैंस छँदासम्म परिवारबाट टाढिनुुपर्ने, बुढ्यौलीले छोपेपछि परिवारको खोजी गर्दै देश फर्कनुपर्ने । उफ् यो कामचलाउ जिन्दगी । खेतमा जोत्न पसेको गोरु र प्रदेशमा चारो जुटाउन पसेका नेपालीको जिन्दगी उस्तै–उस्तै लाग्न थालेको छ । न भोक लाग्यो भनेर समयमै खाना पाइने, न त थकाइ लाग्यो भनेर विश्राम नै पाइने । कुनै मेसिनलाई बरु धेरै तात्यो भनेर सेलाउन विश्राम दिइन्छ । रसुवाका एकजना साथी थिए । करिब ३० महिना दुबईमा पसिना चुहाएर पोहोर भदौमा नेपाल जाने तयारी गर्दै थिए । निकै खुसी थिए उनी दशैंमा घर जान पाउँदा, केही वर्षअगाडि बिहे गरी छोडेर आएकी श्रीमती भेट्ने आशामा । अनि, आफूले नदेखेको आफ्नो सात महिनाको छोरालाई काखमा राखेर गाउँगाउँ डुलाउने ठूलै सपना बोकेका थिए । आमालाई नीलो रङको र श्रीमतीलाई रातो सारी किनेर लगेजमा प्याकिङ गरेका थिए । गाउँमा छिमेकीलाई बाँड्ने मिठाई पनि किनेका थिए । तर कठै ! उनको त्यो खुसी क्षणभरमै लुटियो । ५ भदौको टिकट लिएका थिए, तर ३ भदौ सुतेका उनी सदाका लागि निदाए । अनि, १८ गते उनको शरीर बाकसभित्र नेपाल फर्कियो । हुन त हाडछालाको शरीर हो, जहाँ भए पनि दुःखबिमार त आउँछ नै । फेरि पनि सुख, स्वास्थ्य, समृद्धिको कामना गरेर बाँच्नु छ । दशैँ आशीर्वाद लिने र शुभकामना साट्ने पर्व हो । देश समृद्ध बनोस्, रेमिट्यान्सले धानिन नपरोस्, देशमै रोजगारी सिर्जना होस्, शान्ति छायोस्, यो पराईभूमिबाट यही कामना गर्दछु । – दाङ (हाल दुबई) -रातोपाटिबाट

तपाईको प्रतिक्रिया