Inaruwa aaglagi 12

बैशाख १९ इनरुवा /हावाहुरीको मौसमसँगै आगलागीका घटना बढ्न सक्ने तर्फ सचेत हुन आग्रह गर्दै सुनसरीको भोक्राहामा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
केही साताअघि हावाहुरीसँगै भएको आगलागीमा परी भोक्राहाका २१ घर नष्ट भएपछि सो क्षेत्रमा पटक पटक सचेतना मूलक अभियानहरु संचालन भैरहेका छन् ।
जहीतहीं थुपारिने फोहोर र अतिक्रमणमा परेको सडक साँघुरो हुँदा दुर्घटना समेत बढ्न सक्ने तर्फ सर्वसाधारणमा सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको थियो ।
सुनसरी युथ क्लब इनरुवा ३ ले आज भोक्राहा चिरौली चोक देखी प्रकाशपुर सम्मको सडक छेउको अतिक्रमण हटाउनुका साथै सरसफाई सहित आगलागी सम्वन्धिी सचेतना मूलक कार्यक्रम संचालनमा ल्याएको गाविस सचिव शिवराज दाहालले बताए ।
मुस्लिम बाहुल्यता रहेको सो क्षेत्रमा सडक मिचेर चौपायाहरु बाध्ने, जहीँतहीं फोहोर थुपार्ने जस्ता गतिविधीहरु बढ्दै गएपछि स्थानीय अगुवाहरुको पहलमा दवाब सहितको सचेतना मूलक कार्यक्रम संचालनमा ल्याइएको हो ।

तपाईको प्रतिक्रिया