maakune
बैशाख २० औरावनी /अन्तिम समयमा आएर प्रधानमंत्री केपी शर्मा ओली नआएपछि सुनसरीको औरावनी ९ मा निर्माण गर्न लागिएको बुद्धको प्रतिमाको पूर्व प्रधानमंत्री माधव कुमार नेपालले शिलान्यास गर्नु भएको छ ।
गढदेव बुद्ध पर्यटकिय स्थल संरक्षण समितिले गर्न लागेको बुद्धको प्रतिमा निर्माण कार्यको शिलान्यासका लागि प्रधानमंत्री ओली आउने कार्यतालिका अन्तिम समयमा आएर परिवर्तन भएपछि नेता नेपालले सो कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।
६५ फिटे अग्लो बुद्धको प्रतिमा सहित बुद्धसँग सम्वन्धित सबै पक्ष समेटने गरी कार्य प्रारम्भ गर्न लागिएको कार्यक्रममा जानकारी गराइयो ।
एमाले नेतृ भगवती चौधरीको पहलमा निर्माण हुन लागेको बुद्ध प्रतिमा शिलान्यास पश्चात संक्षिप्त कुरा राख्दै नेता नेपालले वर्तमान अवस्थामा सबै शक्ति एक भएर अघि बढ्नुको विकल्प नरहेको धारणा राख्नु भयो ।
बुद्ध प्रतिमा सहितको संरचना निर्माणका लागि ३४ करोड ५८ लाख लागत अनुमान गरिएको छ ।
शिलान्यासका लागि प्रधानमंत्री ओली औरावनी पुग्ने कार्यक्रम तय भएपछि विहानैबाट सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिनुका साथै गाउँगाउँमा सुरक्षाकर्मी परिचालन गराइएको थियो ।

तपाईको प्रतिक्रिया