universe२१ वैशाख, काठमाण्डु / हिन्दी फिल्म पिकेमा जस्तै कुनै दिन अर्को ग्रहको जीव पृथ्वीमा आइपुग्ने सम्भावना बढेको छ । खगोलविदहरुले दावी गरेको पछिल्लो जानकारीअनुसार उनीहरुले तीन नयाँ ग्रह पत्त्ता लगाएका छन् ।

ती ग्रहको सौर्यमण्डल पृथ्वीरहेको सौर्यमण्डल जस्तै भएको वैज्ञानिकहरुले जनाएका छन् । पत्ता लागेका तीन ग्रह ३९ प्रकाश वर्ष टाढा छन् । प्रकाशले एक वर्षमा तय गर्ने दूरी एक प्रकाश वर्ष हुन्छ । एक सेकेन्डमा प्रकाशले करिब ३ लाख किलोमिटर दूरी तय गर्छ ।

नयाँ तीन ग्रहको आकार पृथ्वी र शुक्र ग्रहजस्तै छ । बेल्जियमका शोधकर्ता माइकल गिलेनका अनुसार यी ग्रहहरु पृथ्वी र मंगल जस्ता छन् । अर्थात यी ग्रहहरुमा पानीको सम्भावना छ । पानी हुनुको मतलव त्यहा जीवन छ भन्ने हो ।  गिलेनले यी तीन ग्रहबारे अनुसन्धान गर्नु ठीक हुनेछ । किनभने यी ग्रहबाट त्यहाँ जीवन हुन सक्ने सम्भावना धेरै छ ।काठमाण्डु टुडेबाट

तपाईको प्रतिक्रिया