13152753_1057303454317581_2088003614_n

बैशाख २६ भोक्राहा/ सुनसरीको भोक्राहा गाविसका सर्वसाधारणका माझ समूदायमा अदालत कार्यक्रम संचालन गरिएको छ ।सुनसरी जिल्ला अदालत इनरुवा सुनसरीले कानुन दिवसको अवसर पारी न्यायमा पहुँचका लागि भोक्राहा गाविसमा समूदायमा अदालत कार्यक्रम संचालन गरेको हो ।
सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिस रमेशराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सर्वसाधारण माझ न्याय सम्पादन प्रकृया, जटिलता, कानुनी प्रावधान र सर्वसाधारणमा न्याय पहुँच बारे अवगत गराइएको थियो ।

13162023_1057303580984235_204086357_n
कार्यक्रममा जिल्ला न्यायाधिस सहित अन्य न्यायाधिसका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।समूदायमा अदालत कार्यक्रम स्थानीयस्तरमा न्याय पहुँच अभिवृद्धिका लागि आयोजना गरिएको आयोजकले बताएको छ ।जिल्ला अदालतका न्यायाधिस सहित जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितीका वीच स्थानीय सर्वसाधारणले कानुनी जटिलता, समस्या लगायतका बारे गुनासाहरु राखेका थिए ।सर्वसाधारण गुनासाहरुलाई जिल्ला न्यायाधिस सहितको टोलीले सम्बोधन गरेको थियो ।

तपाईको प्रतिक्रिया