qutar majdur diwas may diwas

२६ वैशाख, बिदुर कटुवाल। एकीकृत नेकपा माओवादी सम्बद्ध प्रवासी नेपालीको संगठन नेपाली जनप्रगतिशिल मन्च कतारले एकहप्तापछि अन्तराष्ट्रिय मजदुर दिवस मनाएको छ ।मे १ तारिकका दिन विश्वव्यापी मजदुर दिवस भएपनि कतार सरकारले सार्वजनिक विदा नदिएको कारण नेपाली मजदुरहरुले स्थानीय सार्वजनिक विदाको अवसर पारेर गएको शुक्रबार मजदुर दिवस मनाएको बताइएको छ ।

मजदुर दिवसको अवसरमा प्रगतिशिल मंचका अध्यक्ष शनि कुमार ओलिको अध्यक्षतामा नेपाली मजदुरहरु एक भई शुभकामना आदन प्रदान गरि मनाएको मंचका सूचना तथा संचार विभाग प्रमुख होम बहादुर बस्नेतले बताए । संचार विभाग प्रमुख बस्नेतका अनुसार प्रवासी नेपालीहरुको समस्यालाई संचारमाध्यमबाट प्रचार प्रसार गर्न मंचले छिट्टै एक अनलाइन स्थापना गरि संचालनमा ल्याउने तयारी भैरहेको कुरा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै मंचका अध्यक्ष शनीकुमार ओलीले पछिल्लो समय रुमेला हस्पिटलमा ५ महिना देखि बेहोस अबस्थामा उपचार गराइरहेका रुकुम जिल्ला घर भएका ललित बुढामगरको उपचारको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए । उनले भने विरामी ललित बुढामगरको आश्रति परिवारलाई आर्थिक सहयोग गर्न पर्ने देखिएकोले मंचले सहयोग अभियान सञ्चालन गर्ने जानकारी दिए । अध्यक्ष ओलीले सहयोग अभियानलाइ ब्यबस्थित रुपले अगाडि बढाउन मंचका कार्यकर्ता हरुलाइ निर्देशन दिएका थिए ।एभरेष्टदैनिकबाट

तपाईको प्रतिक्रिया