२७ बैशाख , काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट प्रहरीले २ नेपाली महिलालाई पक्राउ गरेको छ । पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका दुई महिलालाई पुनः श्रम स्विकृतको कागज सहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु विमानस्थलबाट पक्राउ परेपछि कर्मचारीको पनि मिलेमतो हुन सक्ने भन्दै वेदेशिक रोजगार विभाग ताहाचलमा समेत छापा हानेर केही सामाग्री अनुसन्धानको लागि लिइएको महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
पक्राउ परेका दुई महिलाको परिचय भने गोप्य राखिएको छ।यस्तै प्रहरीले गौशालाबाट नै होलोग्रम कृते गर्ने चार जनालाई पक्राउ गरेको छ।
उनीहरु हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट विदेश जान लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। विमानस्थलमा छापा हान्न श्रम तथा रोजगार मन्त्री दीपक बोहरासमेत प्रहरीसँगै पुगेका थिए।साझासवालबाट