एजेन्सी । एकै पटक पाँचवटा शिशुको जन्म दिने एक अस्टे«लियाली महिलाले आफ्ना सन्तानको फोटो सार्वजनिक गरेकी छिन् । अस्ट्रेलियाको पर्क सहरकी किम टुसीले हालसालै जन्माएका आफ्ना चार छोरी र एक छोराको तस्विर सार्वजनिक गरेकी हुन् ।
टुसीको गर्भधारणबारे बृत्तचित्र बनाएका एक फोटोग्राफर इरिन एलिजाबेथे पाँचैवटै बच्चाको तस्विरलाई सुन्दर ढंगले खिचेका छन् । ‘५० औला, ५० बुढीऔला र ६ ओटा मुटुका घड्कन एकैपटक । पाँच बच्चालाई सुरक्षित रुपले संसार देखाउन मेरो शरिरले ठूलो युद्ध नै लड्यो,’ फेसबुक पेजमा सन्तानको तस्बिरबारे उनले लेखेकी छिन् ।स्वास्थ्य खबरबाट