Belahiya-Naka-Rupandehi-Bh-430x336

९ कात्तिक, रुपन्देही । रुपन्देहीको बेलहिया नाका भएर आइतबार दिनभरमा इन्धन बोकेका २० वटा गाडी नेपाल भित्रिएका छन् ।

डिजेल बोकेका पाँच तथा पेट्रोल बोकेका चार ट्यांकर र एलपी ग्यास बोकेका ११ बुलेट नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज प्रहरी निरिक्षक अभय विक्रम साहले जानकारी दिए ।

त्यस्तै अन्य एक सय ५९ वटा मालबाहक ट्रक तथा ४० वटा पीकअप गाडी भित्रिएको साहले बताए ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया